Thursday, March 20, 2025
Homeदेश र प्रदेशप्युठानमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्युठानमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको छ ।  जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको  ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीको भनाइ छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

रातोपाटीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका