Friday, May 1, 2026
Homeविचित्र संसारपौने १९ सेकेण्डमा दुई लिटर सोडापानी पिएर विश्व कीर्तिमान

पौने १९ सेकेण्डमा दुई लिटर सोडापानी पिएर विश्व कीर्तिमान

१४ भदौ, काठमाडौं । मान्छेहरुका गिनिज बुकमा नाम लेखाउने उपाय अनेक हुन्छन् । अमेरिकामा एकजना व्यक्तिले सबैभन्दा छिटो सोडापानी पिएर गिनिज बुकमा आफ्नो नाम दर्ज गराएका छन् ।

इरिक ब्याडल्याण्ड बूकर नामका ती व्यक्तिले १८.४५ सेकेण्डमा २ लिटर सोडा पिएर विश्व कीर्तिमान कायम गरेका हुन् ।

BadlandsChugs नामक आफ्नो युट्युब च्यानलमा तीव्र गतिमा खाएका भिडियोहरु अपलोड गर्ने बूकरले सबैभन्दा छोटो समयमा २ लिटर सोडापानी पिए ।

गिनिज वर्ल्ड रेकर्डस्मा नाम दर्ज गराउने आफ्नो जिवनकै सपना रहेको हुँदा आफूले सबैभन्दा छोटो समयमा सोडा पाउने पिउने प्रयास गरेको उनको भनाइ छ । उनले न्युयोर्कको सेल्डेनमा उनले कीर्तिमान कायम गर्नका लागि २ लिटर सुगर फ्री कोला पिएका थिए ।

गिनिज वर्ल्ड रेर्कस्ले आफ्नो युट्युब च्यानलमा बूकरले सोडापानी पिएको भिडियो अपलोड गरेको छ । १८.४५ सेकेण्डमै २ लिटर कोला पिएर सकाएपछि प्रतिक्रिया दिँदै उनले भेनका छन्, ‘हो, मैले त्यहीँ कुरा गरेको । त्यो स्वादिलो छ ।’

अब भविष्यमा ठोस खानेकुरा खाने विधामा पनि विश्व रकेर्ड कायम गर्न प्रयास गर्ने उनले बताएका छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका