Monday, February 17, 2025
Homeअपराध र घटनापोखरीमा डुबेको १६ घण्टापछि निकालियो शव

पोखरीमा डुबेको १६ घण्टापछि निकालियो शव

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित एउटा पोखरीमा डुबेर वेपत्ता भएका एक युवकको शव १६ घण्टापछि बाहिर निकालिएको छ । पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का २७ वर्षीय विनोद पाण्डेको शव भेटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एपसी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबारसाँझ ६ बजेतिर पौडी खेल्नका लागि पाण्डे हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा पसेका थिए । पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा आइतबार बिहान १० बजेतिर मृत फेला पारेर शव बाहिर निकालिएको जानकारी एसपी श्रेष्ठले दिए ।

उनले स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले रातभर खोजी गर्दा पनि फेला नपरेका पाण्डेको शव १६ घण्टापछि भेट्टाइएको बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका