Thursday, July 2, 2026
Homeअर्थ र ब्यापारपेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

काठमाडौं: नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य घटाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो।

यससँगै नयाँ मूल्यअनुसार:

काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १५७ रुपैयाँ र डिजेल १४२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

सुर्खेत र दाङमा पेट्रोल १५६ रुपैयाँ र डिजेल १४१ रुपैयाँ कायम भएको छ।

अन्य स्थानहरूमा पेट्रोल १५४.५० रुपैयाँ र डिजेल १३९.५० रुपैयाँ प्रतिलिटर तय गरिएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको हो।

यस आधारमा पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका