Thursday, July 2, 2026
Homeअपराध र घटनाथमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, पाँच वर्ष...

थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, पाँच वर्ष कैद सजाय

जनकपुरधाम । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय सुनाएपछि प्रहरीले उनलाई महोत्तरीको गौशालास्थित निगौलमा रहेको निवासबाट पक्राउ गरेको हो।

यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर सरकारी वकिल कार्यालयले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दायर गरेको थियो।

उक्त पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको हो।

अदालतको आदेशलगत्तै प्रहरीले कोइरीलाई पक्राउ गरेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका