Saturday, November 7, 2026
Homeसामाचारपृथ्वी जयन्तीमा राप्रपाको जलपान समारोह, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता

पृथ्वी जयन्तीमा राप्रपाको जलपान समारोह, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ।

आधुनिक नेपाल एकीकरणका नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्तीका रूपमा मनाइने गरिन्छ। सोही अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिएको थियो।

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापासहित पार्टीका नेता–कार्यकर्ता सहभागी थिए। सहभागीहरूले पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणमा रहेको ऐतिहासिक योगदानको चर्चा गर्दै राष्ट्रिय स्वाधीनता र एकताको सन्देशलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका