Thursday, December 11, 2025
Homeसामाचारपूर्वसांसद मोहम्मद अफताब आलमको निधन

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन

काठमाडौँ — नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो।

अस्पतालका अनुसार ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केएमसीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोक समेत भएको थियो र सो समयमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि लागेको थियो। उक्त मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका