Saturday, November 7, 2026
Homeसामाचारपूर्वगृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै

पूर्वगृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्। भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोग २०८२ को कार्यालयमा उनी आज मध्यान्ह १२ बजे उपस्थित हुने कार्यक्रम छ।

उक्त घटनाको छानबिनका क्रममा आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र पठाएको थियो। सोही अनुरूप लेखक आयोगमा उपस्थित हुन लागेका हुन्।

यसैबीच, पूर्वगृहमन्त्री लेखकले आजै दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम पनि तय भएको छ। उनले भदौ २३ र २४ गते भएका घटनाका विषयमा आफ्नो पक्ष स्पष्ट पार्ने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका