Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायूको प्रभाव, उच्च भू–भागमा हल्का हिमपातको सम्भावना

पश्चिमी वायूको प्रभाव, उच्च भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली छ । तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा भइरहेको छ ।

दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका