Wednesday, May 20, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावले कोशी प्रदेश सहित बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेश का हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यता सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको सम्भावना रहेको बताइएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका