Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका केही स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण तराईका विभिन्न विमानस्थलमा दृश्यता घट्न सक्ने हुँदा हवाई सेवामा ढिलाइ वा अवरोध हुन सक्ने जनाएको छ। साथै, लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका