Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी हिमाली तथा पहाडी क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका