Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

यसको प्रभावका कारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यस्तै, कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

आज राति तराईका थोरै स्थानमा हुस्सु रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका