Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सु–कुहिरो र पहाडमा हल्का वर्षा/हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सु–कुहिरो र पहाडमा हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाले आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने जनाएको छ। यस्तै, कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा हुस्सु कायमै रहने महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका