काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ।
हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। गण्डकी प्रदेशका केही पहाडी स्थानहरू, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।
आज राति हिमाली भूभागमा सामान्य बदली, पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।


