Monday, August 24, 2026
Homeसामाचारपरराष्ट्र सचिव राई र मन्त्री खनालबीच वार्षिक कार्यसम्पादन सम्झौता

परराष्ट्र सचिव राई र मन्त्री खनालबीच वार्षिक कार्यसम्पादन सम्झौता

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्रमन्त्री शिशिर खनालसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने, निर्धारित लक्ष्य हासिल गर्ने तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित सम्झौता गरिएको हो ।

कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख, महानिर्देशक तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशकले पनि परराष्ट्र सचिव राईसँग आ–आफ्नो वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।

सम्झौतामार्फत मन्त्रालयका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै तोकिएका लक्ष्य र उपलब्धि हासिल गर्नेमा जोड दिइएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका