Tuesday, May 20, 2025
Homeसामाचारपरराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

इलाम: नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा नेपालका लागि नियुक्त १५ देशका राजदूतहरू शनिबार इलामको प्रसिद्ध पर्यटकीय स्थल कन्याम आइपुग्नुभएको छ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा सूर्योदय नगरपालिकाको समन्वयमा आयोजित अनौपचारिक भ्रमणका क्रममा प्रतिनिधिमण्डल आज अपराह्न कन्याम आएको हो।

परराष्ट्रमन्त्री देउवासहित परराष्ट्र मन्त्रालयका सचिव अमृत राई, पर्यटन बोर्डका पदाधिकारीहरू तथा १५ देशका राजदूतसहित ४५ जना उच्चपदस्थ अधिकारीहरूले भ्रमणमा सहभागिता जनाउनुभएको छ। इलामको सूर्योदय नगरपालिकाले वडा नं ४ स्थित श्रीअन्तुमा टोलीलाई विशेष स्वागत गरेको थियो। कन्याम आगमनका क्रममा पञ्चैबाजासहित अतिथिहरूको सांस्कृतिकरूपमा स्वागत गरिएको थियो।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यतालिकाअनुसार राजदूतहरूलाई मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गराउने उद्देश्यले यो भ्रमण आयोजना गरेको हो। भ्रमणमा सहभागी राजदूतहरू इजिप्ट, दक्षिण कोरिया, बेलायत, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, इजरायल र जापानलगायतका देशहरूबाट हुनुहुन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका