Saturday, June 6, 2026
Homeमुख्य समाचारपनीर रोटी पकाउने यस्तो छ तरिका (विधिसहित)

पनीर रोटी पकाउने यस्तो छ तरिका (विधिसहित)

प्रायजसो सबैलाई पनीरका परिकार मन पर्छन्। पनीरबाट तरकारी, मम,अचार तथा रोटी बनाउन सकिन्छ। पनीर रोटी खाजा वा खानाका रुपमा खान सकिन्छ। मीठो र पकाउन धेरै समय नलाग्ने हुँदा प्राय सबैको रोजाइमा पनीर रोटी पर्छ। यो रोटी बनाउने तरिका सजिलो छ। थोरै समयमा धेरैजनालाई सजिलै पकाउन सकिन्छ। आफ्नो आवश्यकता अनुसार धेरै वा थोरै पकाउन सक्नुहुनेछ।

पनीर रोटी पकाउने तरिका :

पनीर रोटी बनाउन आवश्यक सामग्री

– दुई कप बेसन
– १०० ग्राम पनीर
– एक सानो चम्चा गरम मसला
– हरियो खुर्सानी आवश्यकताअनुसार
– एक सानो चम्चा धूलो खुर्सानी
– एक चम्चा काटेको हरियो धनियाँ
– आवश्यक मात्रामा पानी
– आवश्यकता अनुसार तेल

पकाउने विधि
सबैभन्दा पहिले एउटा भाँडोमा बेसन,पनीर,गरम मसला,हरियो धनीयाँ,रातो खुर्सानीको धूलोलाई मिक्सरमा पिस्ने।यसरी तयार पारिएको लेदोमा अलिकति पानी मिसाएर फिट्ने। अब चुलोमा तवा राखेर त्यसमा अलिकति तेल राख्ने। तेल तातिसकेपछि त्यसमा अघि तयार पारिएको घोल राखी विस्तारै रोटी आकारमा फैलाउने। दुवैतिर राम्ररी पाकिसकेपछि पनीर रोटी तयार हुन्छ। यसरी पकाएको पनीर रोटी खाजाका रुपमा खान सकिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका