Saturday, January 18, 2025
Homeसामाचारपत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, नतिजा आउन बाँकी

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, नतिजा आउन बाँकी

काठमाडौँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदान सकिएको छ।

महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको हो।

मतदान सम्पन्न भएसँगै केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया अनुसार मतगणना सुरु गर्ने जानकारी दिएको छ। आयोगका अनुसार मतगणना आजै रातिदेखि सुरु गरिनेछ र यथासम्भव छिटो अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

‘मतदान सम्पन्न भइसकेको छ। अब परिणाम छिटो सार्वजनिक गर्ने तयारीमा जुटेका छौं,’ केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले जानकारी दिए। मतगणना मतदान भएको स्थानमै हुनेछ।

निर्वाचन समितिले शुक्रबार बिहान ९ः०० बजेबाट अपराह्न ४ः०० बजेसम्मलाई मतदानको समय तोकेको थियो।

महासंघको केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामा उम्मेदवार रहेका छन्। वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोशन पुरी प्रतिस्पर्धामा छन्।

त्यसैगरी, महिला उपाध्यक्षका लागि गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहबीच प्रतिस्पर्धा हुनेछ। महासचिव पदमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने उम्मेदवार छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका