काठमाडौं : पछिल्लो २४ घन्टामा ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। परीक्षण गराएकामध्ये पीसीआरबाट ८ हजार ६४ जनामा र एन्टिजेनबाट १०९ जना गरी ८ हजार १७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ। थप ७ हजार ९८९ जना कोरोनामुक्त भएका छन्।
यस्तै काठमाडौं उपत्यकामा २४ सय ८८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल ९५४ जना क्वारेन्टाइनमा छन्।