काठमाडौँ: न्याय परिषद् सदस्यका लागि प्रस्तावित दामोदर खड्काविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। समितिले आज सूचना जारी गर्दै खड्कासम्बन्धी कुनै उजुरी वा सूचना भए १० दिनभित्र पेश गर्न आव्हान गरेको हो।
यदि खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेमा, उजुरी दिन सकिने व्यवस्था गरिएको छ। उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने सुनिश्चितता गरिएको छ।
यसअघि बिहीबार, संसदीय सुनुवाइ समितिले कार्यविधि २०८० को दफा १२ अनुसार प्रस्तावित व्यक्तिसम्बन्धी सूचना सार्वजनिक गर्न र उजुरी दिन सक्ने व्यवस्था गर्न सर्वसम्मत प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार सरकारी सञ्चारमाध्यममार्फत सूचना सार्वजनिक गरिएको हो।