Thursday, July 9, 2026
Homeसामाचारनेप्से १९.६७ अंकले घट्यो, ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार

नेप्से १९.६७ अंकले घट्यो, ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा झरेको छ।

बजारमा गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रहेको छ। आज ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा २२९ कम्पनीको सेयर मूल्य घटेको, ४२ कम्पनीको मूल्य बढेको तथा ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा हेर्दा सबै उपसमूहमा गिरावट आएको छ। सबैभन्दा बढी ट्रेडिङ समूह २.३६ प्रतिशतले घटेको छ। त्यसैगरी विकास बैंक, उत्पादन तथा प्रशोधन उद्योग र म्युचुअल फन्ड समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

गिर्दो बजारमा पनि उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १२.६८ प्रतिशत प्रतिफल कमाएका छन्। स्नो रिभर लिमिटेडको सेयर मूल्य पनि ११.७६ प्रतिशतले वृद्धि भएको छ।

यता, बैंक अफ काठमाडौं डिबेन्चरको मूल्यमा सबैभन्दा बढी ८.६६ प्रतिशत गिरावट आएको छ।

कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंकको ऋणपत्र अग्रस्थानमा रहँदै ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि सिद्धार्थ बैंकको ऋणपत्रमा २८ करोड ६५ लाख रुपैयाँ तथा बैंक अफ काठमाडौंको ऋणपत्रमा २० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका