Wednesday, August 12, 2026
Homeसूचना प्रविधिनेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै

नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित (सब्सक्रिप्सन) नयाँ सेवा सञ्चालनमा ल्याउने जानकारी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री तिमलसिनले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमुखी शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नयाँ सेवा सुरु गर्न लागिएको बताएका हुन्।

उनका अनुसार नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित नेपाल टेलिकमका सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुनेछन्।

एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (सब्सक्राइब) गरिरहनुपर्ने आवश्यकता नपर्ने व्यवस्था गरिएको मन्त्री तिमलसिनले बताएका छन्।

नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेजका शुल्क, सुविधा तथा अन्य प्रावधानबारे विस्तृत विवरण आजै सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका