Saturday, November 7, 2026
Homeसामाचारनेपाल एयरलाइन्सको ट्वीनअटर विमानको मर्मत र परीक्षण उडान सफल, आन्तरिक उडान पुनः...

नेपाल एयरलाइन्सको ट्वीनअटर विमानको मर्मत र परीक्षण उडान सफल, आन्तरिक उडान पुनः सुरु

काठमाडौँ — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत तथा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ।

निगमका प्रवक्ता अनिल घिमिरेले जारी गरेको विज्ञप्तिमा देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमानको इञ्जिन मर्मत र वार्षिक जाँच कार्य सम्पन्न भई परीक्षण उडान सफल भएको जानकारी दिइएको छ।

उक्त विमान गत सेप्टेम्बरदेखि मर्मतका लागि ‘ग्राउण्डेड’ गरिएको थियो। परीक्षण सफल भएपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत यही कात्तिक २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान पुनः सुरु गरेको जनाएको छ।

निगमको विश्वास छ कि यस पुनःसञ्चालनले विशेषगरी पूर्वी भेगका दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुहरूका लागि हवाई सेवा थप सहज र नियमित हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका