Sunday, November 8, 2026
Homeसामाचारनेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौँ, २५ भदौ – नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ।

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न रहेकाहरूलाई पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई समेत सेनाले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका