धनगढी । नेपाली कांग्रेसले सञ्चालन गर्न लागेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु हुँदैछ।
आज बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिएका छन्।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी सांसद, पराजित उम्मेदवार, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
कार्यक्रममा पछिल्लो निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाबारे छलफल गरिने कांग्रेसले जनाएको छ।
समीक्षा तथा प्रशिक्षण कार्यक्रम धनगढीस्थित सौराई ब्याङ्केटमा आयोजना गरिएको छ।


