६ फागुन, काठमाडौं । टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग खेल्दैछ ।
टस हारेर ब्याटिङ गरेको नेपालले सुरुवात कमजोर छ । घरेलु टोलीविरुद्ध नेपालले सुरुवाती तीन ओभरभित्रै दुवै ओपनर गुमाएको छ ।
आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।
पावर प्ले (12 ओभर)को समाप्तीमा नेपालले 4 विकेट गुमाएर 55 रन जोडेको छ ।


