Tuesday, May 20, 2025
Homeराजनीतिनिषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने राप्रपालाई गृह मन्त्रालयको चेतावनी

निषेधित क्षेत्रमा प्रदर्शन गरे कारबाही गर्ने राप्रपालाई गृह मन्त्रालयको चेतावनी

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि गृह मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ। राप्रपाले आइतबार बिजुलीबजार क्षेत्रमा आयोजना गर्न लागेको विरोध प्रदर्शनमा निषेधित क्षेत्र उल्लंघन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले त्यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट मिति २०८२ वैशाख ७ गते तोकिएको निषेधित क्षेत्र तोड्ने सम्बन्धमा सार्वजनिक भएका समाचार तथा अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

मन्त्रालयले संविधान तथा प्रचलित कानुनको उल्लंघन गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै भनेको छ, “संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्ता गतिविधिमा संलग्न जो सुकैलाई कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ।”

साथै, मन्त्रालयले हिंसा, अराजकता, उत्तेजना र गैरकानुनी क्रियाकलापबाट टाढा रहन सबैमा आग्रह पनि गरेको छ।

राप्रपाले केही दिनअघि सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकमार्फत वैशाख ७ गतेको प्रदर्शनमा निषेधित क्षेत्र अटेर गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आइतबारको प्रदर्शनमा राप्रपाले निषेधित क्षेत्रतर्फ अघि बढ्ने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका