Sunday, May 10, 2026
Homeसामाचारनिर्वाचन सुरक्षाका लागि ४०७ थान हातहतियार प्रशासनलाई बुझाइयो

निर्वाचन सुरक्षाका लागि ४०७ थान हातहतियार प्रशासनलाई बुझाइयो

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनको आह्वानअनुसार यहाँ ४०७ जनाले हातहतियार प्रहरी प्रशासनलाई बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापा का अनुसार जिल्लामा जम्मा एक हजार ८६ थान हातहतियार दर्ता रहेकामा हालसम्म ४०७ थान मात्र प्रशासनको नियन्त्रणमा आएको छ। उनले बाँकी हातहतियार पनि निर्धारित समयभित्र बुझाउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेका छन्। समयमै हतियार नबुझाए कानुनी कारबाही गरिने चेतावनी समेत उनले दिएका छन्।

प्रशासनका अनुसार बुझाइएका सबै हातहतियार तथा गोलीगठ्ठा निर्वाचन प्रक्रिया सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अनुमतिप्राप्त हातहतियार अस्थायी रूपमा प्रशासनलाई बुझाउन स्थानीय प्रशासन र नेपाल प्रहरी ले आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका