Saturday, November 7, 2026
Homeसामाचारनिर्वाचन आयोगद्वारा आगामी निर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

निर्वाचन आयोगद्वारा आगामी निर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिका लागि काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक २६ गतेभित्र निवेदन दिन अनुरोध गरेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय संस्थाहरूले observer@election.gov.np.gov
मार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन दिन सक्ने आयोगले जनाएको छ । निवेदन फारामको नमूना आयोगको वेबसाइट https://election.gov.np/
बाट डाउनलोड गर्न सकिनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका