Wednesday, October 9, 2024
Homeमुख्य समाचारनिर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेसले दियो उजुरी

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेसले दियो उजुरी

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ। राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि बिहीबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएको सदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापाका लागि मत मागेका थिए।  यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि सोही दिन साँझ एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको कांग्रेसले जनाएको छ।’निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७२ को दफा ५ (घ) (३) र (५) र दफा (६) विपरित कार्य गरेकाले सोही अनुसार कारवाही गर्न अनुरोध गरिन्छ,’विज्ञप्तिमा भनिएको  छ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका