Saturday, November 7, 2026
Homeसामाचारनिर्वाचन आचारसंहिताको कारण न्यायाधीश नियुक्तिमा रोक

निर्वाचन आचारसंहिताको कारण न्यायाधीश नियुक्तिमा रोक

काठमाडौं । निर्वाचन आचारसंहिता लागू भइसकेको कारण देखाउँदै निर्वाचन आयोगले न्यायपरिषद्लाई न्यायाधीश नियुक्ति नगर्न आग्रह गरेको छ। ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्न सहमति माग्दै न्यायपरिषद्ले पठाएको पत्रलाई आयोगले अस्वीकार गरेको हो।

न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा आयोगसँग पत्राचार गरेको थियो। सोही विषयमा आयोगले आचारसंहिता कार्यान्वयनमा रहेको अवस्थामा न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णयसहित परिषद्लाई पत्र पठाएको जनाएको छ।

केही साता अघि लोकसेवा आयोगमार्फत प्रतिस्पर्धाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरू भने नियुक्त भइसकेका छन् र उनीहरूको पदस्थापनाको प्रक्रिया जारी रहेको छ। यसबाहेक, न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा थप न्यायाधीश नियुक्त गर्न अनुमति मागेको थियो।

तर निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको उल्लेख गर्दै सो अवधिमा नयाँ नियुक्ति गर्न उपयुक्त नहुने निर्णय गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका