Saturday, May 9, 2026
Homeसामाचारनिर्माण सम्पन्न भएको तीन महिनामै कोहलपुर–सुर्खेत प्रसारण लाइनका पोल ढले

निर्माण सम्पन्न भएको तीन महिनामै कोहलपुर–सुर्खेत प्रसारण लाइनका पोल ढले

सुर्खेत । निर्माण सम्पन्न भएको तीन महिना नबित्दै कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गतका विद्युत् पोल ढलेका छन्। सामान्य हावाहुरीमै पोल ढल्न थालेपछि निर्माण गुणस्तरमाथि प्रश्न उठेको छ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार बाँकेको चिसापानी क्षेत्रमा दुई वटा विद्युत् टावर ढलेका हुन्।

प्राधिकरणले केही दिनअघि आएको हावाहुरीका कारण रुख ढलेर टावरमा क्षति पुगेको र शनिबार टावर पूर्ण रूपमा ढलेको जनाएको छ।

टावर ढलेसँगै १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ। यसले कर्णाली प्रदेशको विद्युत् आपूर्तिमा पुनः समस्या सिर्जना गरेको छ।

लामो समयको प्रतीक्षापछि करिब तीन महिनाअघि मात्रै उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएको थियो। तर छोटो समयमै टावर ढलेपछि निर्माण कार्यमा लापरबाही भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका