Saturday, November 7, 2026
Homeसामाचारनार्कका ११ कर्मचारी सम्पर्कविहीन, सेवाबाट हटाउने प्रक्रिया अघि बढाइयो

नार्कका ११ कर्मचारी सम्पर्कविहीन, सेवाबाट हटाउने प्रक्रिया अघि बढाइयो

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का ११ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । अध्ययन बिदामा रहेका ७ जना वैज्ञानिकसहित ११ कर्मचारीलाई सम्पर्कमा आउन नार्कले दोस्रो पटक सूचना जारी गरेको छ ।

यसअघि नार्कले गत मंसिर १४ गते सूचना जारी गर्दै सम्बन्धित कर्मचारीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो । सोही सूचनापछि पनि सम्पर्कमा नआएपछि नार्कले शुक्रबार पुनः सूचना जारी गरेको हो ।

नार्कका अनुसार सम्पर्कविहीन हुने वैज्ञानिकहरूमा अच्युत मिश्र (२०७४ भदौदेखि), नवीनकुमार दंगाल (२०७६ भदौदेखि), होमन रेग्मी (२०७३ माघदेखि), देवराज चालिसे (२०७३ चैतदेखि), प्रतिष्ठा अधिकारी (२०७४ मंसिरदेखि), दिनेशबाबु थापा मगर (२०७५ साउनदेखि) र संजिव गौतम (२०७५ भदौदेखि) रहेका छन् ।

त्यस्तै, अन्य कर्मचारी सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि बिदामा रही सम्पर्कविहीन रहेको नार्कले जनाएको छ ।

नार्कका अनुसार उनीहरूले अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा गएका भए पनि बिदा समाप्त भएपछि हाजिर हुन नआई आ–आफ्नो पदबाट राजीनामा पेस गरेका छन् ।

नार्कले कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) बमोजिम कसुर ठहर गर्दै उनीहरूको नोकरी स्वतः टुटेको मान्दै सेवाबाट किन अलग नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।

सेवाबाट नहटाउनुपर्ने कुनै कारण वा प्रमाण भए सात दिनभित्र स्वयं उपस्थित भई स्पष्टीकरण पेस गर्न नार्कले सम्बन्धित कर्मचारीहरूलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका