Sunday, November 8, 2026
Homeसामाचारनारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन (चितवन), ३ असोज- नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि राति ११ः५५ बजेदेखि एकतर्फी सवारी सञ्चालन सुरु भएको र आज बिहान ७ः१५ बजेदेखि सडक पूर्ण रूपमा खुला गरिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले ठक्कर दिँदा ना६ख १५२२ नम्बरको बसको अगाडिको सिसामा क्षति पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका