Homeमुख्य समाचारनागरिकता अध्यादेशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

नागरिकता अध्यादेशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाडौं : नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । राणाले आफूसहित प्रधानन्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन गरेका हुन्। अहिले सुनुवाइ जारी छ।

 प्रधानमन्त्री केपी  ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ ९ जेठमा जारी गरेकी थिइन्। लगत्तै अध्यादेश कार्यान्वयन रोक्न माग गर्दै  वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सुनुवा गर्न गठित संवैधानिक इजलासबारे प्रश्न उठेपछि प्रधानन्‍याधीश राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।

यसअघि प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलासमाथि विवाद उठेको थियो। त्यसपछि प्रधानन्‍यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने वचन दिएका थिए।

संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका