Saturday, November 8, 2025
Homeसामाचारनवलपुरमा कन्टेनर–ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपुरमा कन्टेनर–ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपुर (नवलपरासी), १८ भदौ । बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आउँदै गरेको ट्रक पूर्व–पश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किएका हुन् । दुर्घटनामा कन्टेनर चालक पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनी गम्भीर घाइते भई उपचारका क्रममा आज बिहान भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको हो ।

सो दुर्घटनामा कन्टेनरका सहचालक चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङ घाइते भएका छन् । उनीहरूको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका