Friday, July 17, 2026
Homeसामाचारनयाँ आर्थिक वर्षसँगै कर्मचारीको तलब वृद्धि लागू, पारिश्रमिकमा करिब २१ प्रतिशत बढोत्तरी

नयाँ आर्थिक वर्षसँगै कर्मचारीको तलब वृद्धि लागू, पारिश्रमिकमा करिब २१ प्रतिशत बढोत्तरी

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। कर्मचारीहरूको मनोबल उच्च बनाउने र बढ्दो महँगीको प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले तलबमानमा उल्लेख्य वृद्धि गरिएको सरकारको भनाइ छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत कर्मचारीको सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको घोषणा गरेका थिए। पछिल्ला चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको अवस्थालाई ध्यानमा राख्दै महँगी भत्तालाई यथावत् राखी नयाँ तलब संरचना लागू गरिएको हो।

सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीलाई प्रोत्साहन गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था पनि गरेको छ। यस व्यवस्थासँगै कर्मचारीले पाउने कुल पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि भएको छ।

नयाँ तलब संरचनाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक तथा अन्य राष्ट्रसेवक कर्मचारीहरूको ग्रेडसहितको न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँ पुगेको छ। उच्च तहका कर्मचारीको मासिक पारिश्रमिक भने एक लाख रुपैयाँभन्दा माथि पुगेको सरकारले जनाएको छ।

सरकारका अनुसार तलब वृद्धि र प्रोत्साहन भत्ताको व्यवस्थाले कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका