Friday, February 7, 2025
Homeसामाचारधोबीखोला करिडोरका अतिक्रमित संरचना हटाउने अभियान सुरु

धोबीखोला करिडोरका अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौं: काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका भवन तथा संरचना हटाउन अभियान सुरु भएको छ। उपत्यका विकास प्राधिकरणले डोजर प्रयोग गरेर ती संरचना भत्काउन थालेको हो।

आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रमा निर्माण गरिएका केही संरचना भत्काइएको छ। चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै रहेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्न खोजेका थिए।

धोविखोला र बागमती नदी किनारका करिब ५ सय रोपनी सरकारी जग्गा अतिक्रमण भएको तथ्यांक सार्वजनिक गरिएको छ। प्राधिकरणले मापदण्ड विपरीत निर्माण गरिएका संरचना र अतिक्रमित सरकारी जग्गा हटाउन यो कारबाही थालेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका