Friday, February 7, 2025
Homeस्वास्थ्य र जीवनशैलीधेरै केरा सेवन गर्नु घातक

धेरै केरा सेवन गर्नु घातक

केरा सबैको लोकप्रिय फलफूलमा पर्छ । केरा खानु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । केरा स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वले पनि भरपुर हुन्छ ।

तर, केरा धेरै खाँदा यसले नकारात्मक असर पनि पार्छ ।

-केराको अत्यधिक सेवनले माइग्रेनको समस्या झन् बढाउँछ । केरामा पाइने Tyramine नामक तत्वले माइग्रेनको दुखाई झन् बढाउँछ ।
-केरामा पोटाशियमको मात्रा अधिक हुन्छ । यसको धेरै सेवन गर्दा रगतमा पोटाशियमको मात्रा बढ्छ । जसको कारण हाइपरकेलेमिया नामक रोग लाग्न सक्छ ।

-केही व्यक्तिहरुका लागि केराको सेवन हृदयघातको कारण पनि बन्न सक्छ । केरामा

-स्टार्चको मात्रा धेरै हुने भएकाले यसले दाँतलाई पनि असर गर्छ ।

-कसैलाई केराको धेरै सेवनले एलर्जी हुन सक्छ । यदि कसैलाई केराको कारण एलर्जी हुने समस्या छ भने डाक्टरको सल्लाह लिन आवश्यक छ ।

-केरा धेरै खाँदा तौल बढ्ने समस्या पनि पैदा हुन्छ । तौल कम गर्ने योजनामा हुने व्यक्तिले केराको सेवन गर्न हुँदैन ।

-एसिडिटी र कब्जियत हुने समस्या भएका व्यक्तिहरुले केराको सेवन गर्नुहुँदेन । यसले ग्यासको समस्या बढाउँछ ।

-केरामा प्रोटिनको मात्रा धेरै हुने भएकाले धेरै सेवन गर्दा मांसपेशी कमजोर हुने खतरा बढ्छ ।

रातोपाटीबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका