Wednesday, May 21, 2025
Homeसामाचारधान उत्पादन ४ प्रतिशतले बढ्यो

धान उत्पादन ४ प्रतिशतले बढ्यो

काठमाडौँ: यो वर्ष नेपालमा धान उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ।

चैते र वर्षे दुवै प्रकारका धान गरी यो वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। यद्यपि, यो क्षेत्रफल अघिल्लो आर्थिक वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो।

मन्त्रालयले औसत उत्पादकत्वमा वृद्धि भएको जानकारी दिएको छ। यस वर्ष प्रति हेक्टर ४.१९ मेट्रिक टनको औसत उत्पादकत्व प्राप्त भएको छ, जुन हालसम्मकै उच्च हो। मन्त्रालयका अनुसार चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा अझ बढी देखिएको छ।

प्रदेशगत रूपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्धि भएको छ भने गण्डकी र कर्णाली प्रदेशमा उत्पादनमा गिरावट आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका