Saturday, January 18, 2025
Homeसामाचारधनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

धनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

काठमाडौं: मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीले दोस्रो पटक बयान लिएको छ। गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब पाँच घण्टा सोधपुछ गरिएको हो।

ललितपुर महानगरपालिका-५, महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा यसअघि कार्तिक २८ गते पनि प्रहरीले उनलाई सोधपुछ गरेको थियो।

सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङसहित पाँच जनाविरुद्ध जाहेरी परेको छ।

प्रहरीले गुरुङसँग उनकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको भनिएको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तानी गरेको भनिएको ९२ लाख रुपैयाँबारे सोधपुछ गरेको जानकारी दिएको छ।

ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कर्मचारीको रूपमा आबद्ध थिइन् भने २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन्। धनराज र ज्योतिको सम्बन्ध २०७६ फागुन २९ गते ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको पाइन्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका