काठमाडौं — देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा आकाश मुख्यतया सफा छ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम खुला रहने अनुमान गरिएको छ।
आज राति भने देशभर आकाश मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


