Sunday, May 3, 2026
Homeसामाचारदेशभर मौसम सक्रिय: मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सक्रिय: मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ। साथै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पनि नेपालको पूर्वी क्षेत्रमा केन्द्रित छ।

हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि बाक्लो बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा, साथै अन्य तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम विभागले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका