काठमाडौँ, २७ मङ्सिर : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै, राति देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ।


