Tuesday, August 11, 2026
Homeसामाचारदेशभर मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ।

देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

यसैगरी, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले ती क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ।

आज राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका