Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुन कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुन कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ — देशभर हाल मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा रहेको छ।

आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समय पनि देशभर सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको भनाइ छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका