Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी वायुको प्रभाव, धेरै ठाउँमा चट्याङसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, धेरै ठाउँमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रहेको छ भने मधेस प्रदेशमा आंशिकदेखि मुख्यतया सफा मौसम देखिएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भएको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। विशेषगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका अधिकांश स्थान तथा तराईका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

आज रातिको मौसम पूर्वानुमान अनुसार, पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। मधेस प्रदेशलगायत पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। साथै, बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका