Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १८ असार: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकको औसत स्थानमा रहेकाले वर्षा अझै सक्रिय रहने अनुमान गरिएको हो।

आज देशभर सामान्यतः बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात पनि हुन सक्ने सम्भावना छ।

महाशाखाले जलस्रोत नजिक र भूस्खलनसम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका