Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ असार: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसका कारण देशभर आंशिकदेखि सामान्यतया बदलीको अवस्था कायम छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हाल मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने सम्भावना पनि छ। उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदलीको अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना पनि रहेको छ।

यसबाहेक, सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च हुने भएकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहन सक्ने महाशाखाले जनाएको छ। ठूला र साना नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने अवस्था छ।

त्यसैले, महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका